जलेश्वर
जलेश्वर भन्सार नाका हुँदै विगत तीन दिन देखि भारतबाट मालवाहक सवारी नेपाल भित्रिएका छैनन् । भारतबाट मालवाहक सवारी नआउँदा नेपाली बजारमा मालसामान तथा इन्धनको अभाव भएको छ । "/>

किन बन्द भयो , जलेश्वर भन्सार नाका ? यस्तो छ कारण !

किन बन्द भयो , जलेश्वर भन्सार नाका ? यस्तो छ कारण !


जलेश्वर
जलेश्वर भन्सार नाका हुँदै विगत तीन दिन देखि भारतबाट मालवाहक सवारी नेपाल भित्रिएका छैनन् । भारतबाट मालवाहक सवारी नआउँदा नेपाली बजारमा मालसामान तथा इन्धनको अभाव भएको छ । महोत्तरी सहित धनुषा, सिन्धुली लगायतका जिल्लामा पनि जलेश्वर नाका हुँदै मालसामान आउने गर्छ ।

भन्सार नाका बन्द हुँदा भारतीय भूमिमा सयौँको संख्यामा इन्धन सहितका सामग्री बोकेका सवारीसाधन तीन–चार दिन देखि रोकिएका छन् । भारतीय भन्सार कार्यालयमा जडान भएको नयाँ सफ्टवेर सहितको प्रविधि सञ्चालन गर्ने जनशक्ति नहुँदा भारतबाट मालसामान नेपाल भित्रिन नसकेको स्रोतले जनाएको छ ।

यसै वीच मलिबारास्थित जलेश्वर भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले भन्सारमा भएको समस्या समाधान गरी मालवाहक सवारी नेपाल पठाउन भारतीय अधिकारीलाई अनुरोध गरिएको बताए । भण्डारीका अनुसार भारतीय पक्षले जतिसक्दो चाँडो भन्सारलाई नियमित गर्ने बताएको छ । भारतबाट आलु , प्याज, टमाटर लगायतका चाँडै बिग्रिने खाद्यान्न पनि आउने भएकाले धेरै दिन भन्सार नाका बन्द हुँदा नोक्सान हुनेतर्फ नेपाली पक्षले भारतीय अधिकारीको ध्यानाकर्षण गराएको छ । भारतीय नाका बन्द हुँदा महोत्तरी सहित आसपासका जिल्लामा विभिन्न सामग्रीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । सामानको अभाव भएसँगै मूल्य पनि बढेको छ ।
नयाँपत्रिकाबाट

Logo