काठमाडौंसहित मुलुकभर परेको वर्षाले हिमाली तथा पहाडी भेगमा हिमपात भएको छ। काठमाडौँ नजिकका चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले गएरातिको झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको जनाएको छ। हिमपातका कारण चिसो बढेको छ।
आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ।
हेर्नुहोस् फोटोफिचर
फोटो: विनोद लामा (दामन)
चन्द्रागिरी हिल्स
प्रकाशित: ९ माघ २०७५ १०:१० बुधबार