रुकुम
आफ्नै घर अगाडी गाडी आउला भन्ने सोच्दै नसोचेका सानीभेरी गाँउपालिका ८ का बासिन्दाको घर अगाडी गाडी गुड्न थालेपछि उनीहरु हर्षित भएका छन् । "/>

पहिलो पटक गाउँ पुगेको गाडीलाई बाजा गाजा सहित फूलमालाले स्वागत

पहिलो पटक गाउँ पुगेको गाडीलाई बाजा गाजा सहित फूलमालाले स्वागत


रुकुम
आफ्नै घर अगाडी गाडी आउला भन्ने सोच्दै नसोचेका सानीभेरी गाँउपालिका ८ का बासिन्दाको घर अगाडी गाडी गुड्न थालेपछि उनीहरु हर्षित भएका छन् । सानीभेरी गाउँपालिका वडा नं ८ तल्लो आम्डाँडा र फुक्रु कालिका आधारभूत विद्यालय सम्मको सिम्ली जोगिनेटा कृषि सडकमा गाडी गुड्न थालेका छन् ।

सानीभेरी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को २६ लाख ५० हजार बजेट बाट वडा नं ८ को तल्लो आम्डाँडामा १५ सय मिटर र फुक्रु कालिका आधारभूत विद्यालय सम्म ३ किलोमिटर गरी जम्मा ५ किलोमिटर बाटो निर्माण सम्पन्न भएपछी सडक उद्घाटन गरिएको हो । आफ्नो घर आगनमा गाडि आउने भएपछी ८ नं वडा बासीले गाउँपालिकाबाट गएको टोलिलाई बाजा गाजा सहित फूलमालाले स्वागत गरेका छन् । वषौं देखिको सपना पुरा भएको भन्दै स्थानिय बासीले गाउँपालिका टोलिलाई धन्यबाद समेत दिएका छन । उद्घाटन कार्यक्रममा बोल्दै सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले वडा नं ८ को सडक उत्कृष्ठ भएको बताए ।

उनले सडक निर्माणमा सहयोग पुर्याउने स्थानिय बासी, सडक उपभोक्ता समितिलाई धन्यबाद पनि दिए । पुनलेस्थानिय स्तरमा सडक पुगेपछी सडकबाट स्थानिय बासीलाई फाइदा हुने किसिमको कृषि व्यवसाय गरी आय आर्जन बढाउन सुझाब समेत दिए ।
नेपाल समाचारपत्रबाट

Logo