आयो सामसुङको एस नाईन र एस नाईन प्लस

आयो सामसुङको एस नाईन र एस नाईन प्लस


सामसुङको प्रतिक्षित फ्ल्यागसिप मोवाइल सेटको रुपमा रहेको एस नाईन र एस नाईन प्लसलाई अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरिएको छ ।

सामसुङको यसअघिको फ्ल्यागसिप मोडल एस एट र एस एट प्लससंग धेरै नै मिल्दो जुल्दो मोडलमा यो सेट रहेको छ । तर पनि एस नाईन र एस नाईन प्लसको लुक आकर्षक रहेको छ । यो वाहेक सामसुङले यो मोडलको मोवाइलका पाटपूर्जाहरुमा पनि सुधार गरेको छ भने क्यामेराको गुणस्तरलाई पनि सुधार गरेको छ ।

सामसुङको एस एट र एस नाईनलाई संगै राख्दा दुबैमा धेरै अन्तर भने देखिदैन । एस एटको मोडललाई प्रयोगकर्ताहरुले रुचाएको कारण एस नाईनको मोडलमा धेरै परिवर्तन नगरेको देखिन्छ । एस एटको तुलनामा एन नाईन र एस एट प्लको तुलनामा एस नाईन प्लस केही पातलो रहेको छ । रिअर क्यामेराको केही तल एस नाईन भर्जनमा फिंगर प्रिन्ट सेन्सर राखिएको छ । जसको कारण प्रयोगकर्तालाई फोटो खिच्न र मोवाइलमा कुराकानी गर्न झन्झटिलो हुदैंन । एस नाईनको स्क्रिनको साईज ५ दशमलब ८ इन्चको सुपर एमोलिड स्क्रिन रहेको छ भने एस नाईन प्लसको स्क्रिन पनि सुपर एमोलिडमा ६ दशमलब २ ईन्चको स्क्रिन रहेको छ । जसको कारण यसको स्क्रिन एस एटको दुबै भर्जन भन्दा बढी चहकिलो देखिन्छ ।

सामसुङले एस नाईनमा सुधार गरेको पक्षमा यसको क्यामेरा पनि रहेको छ । एस नाईन प्लसको रिअर क्यामेरामा दुईवटा लेन्स रहेको छ भने एस नाईनमा एउटा मात्र क्यामेरा रहेको छ । यो क्यामेरामा रहेको लेन्सको एपार्चर मेकानिकल रहेको छ जसको कारण बाहिरको प्रकाश अनुसार आफैं ठुलो र सानो हुने गर्छ ।

अरु क्यामेराहरुले कम प्रकाश भएको अवस्थामा फोटो खिच्दा उक्त फोटोमा धेरै नै न्वाईजहरु आउने गर्छ । तर सामसुङको एस नाईनको दुबै मोडलवाट कम प्रकाशमा फोटो खिच्दा पनि न्वाईज कम आउने किसिमको रहेको छ । यो सेटको क्यामेराले फोटो खिच्दा एकै पटकमा ४ वटा तस्विरहरु खिच्ने गर्छ । यसरी खिचेका फोटोहरुलाई मिलाएर यसले राम्रो फोटोलाई प्रस्तुत गर्ने गर्छ ।

Logo