१६ बर्षको मस्त उमेरमा टिनएजर्सहरुमा केहि परिवर्तन हुन्छन् । उनीहरुले आफुलाई भिन्नै महसुष गर्छन् । हुन त यो उमेरलाई गोल्डेन एज पनि भनिन्छ । "/>

१६ बर्ष पुगेपछि के हुन्छ ? टिनएजर्सले जान्नैपर्ने तथ्य

१६ बर्ष पुगेपछि के हुन्छ ? टिनएजर्सले जान्नैपर्ने तथ्य


१६ बर्षको मस्त उमेरमा टिनएजर्सहरुमा केहि परिवर्तन हुन्छन् । उनीहरुले आफुलाई भिन्नै महसुष गर्छन् । हुन त यो उमेरलाई गोल्डेन एज पनि भनिन्छ । जीवनकै सबैभन्दा रमाइलो उमेर चरण पनि हो यो । यतिबेला नानाथरीका कल्पनामा हराउने गरिन्छ ।

यतिबेला देखि विपरित लिंगप्रतिको आकर्षण बढ्छ । लाज लाग्न थाल्छ । आफ्नै शारीरिक परिवर्तन देखेर आफै दंग परिन्छ । केटाहरुको स्वर घोर्ले हुनथाल्छ । केटीहरुको मासिक स्राव सुरु हुन्छ । यस्ता थुप्रै परिवर्तन हुन्छ, जसबारे किशोर किशोरीले जान्नैपर्छ ।

किनभने उमेरसँगै आउने यस्ता परिवर्तनलाई कतिपय किशोर किशोरीले सजिलै आत्मसात गर्न सक्दैनन् । उनीहरु अत्तालिन सक्छन् । त्यसैले यी कुराहरु बुझ्नैपर्छ । हुन त यी समस्या सामान्य हुन् । तर उनीहरुका लागि यहि नै चिन्ताको विषय हुनसक्छ ।

१. हर्मोनल परिवर्तनका कारण किशोरीको केस रुखो हुनसक्छ । यस्तो भएमा ३–४ चम्चा ओलिभ आयल तातो बनाउने । मनतातो भएपछि त्यसले मसाज गर्ने । त्यसपछि गाम्चालाई हल्का तताएर केसमा बाँध्ने ।

२. उक्त उमेरमा किशोरीको मोटाबोलिज्म सुस्त हुनपुग्छ । त्यही कारण तौल बढ्न थाल्छ । यसो भएमा धेरै चिल्लो र गुलियो खानेकुराको सेवन नगरौ । दैनिक कम्तीमा ३० मिनेट पैदल यात्रा गरौं । योग वा व्यायम गरेर पनि तौल नियन्त्रण गर्न सकिन्छ ।

३. १८ बर्षपछि किशोरीको शरीरमा हार्मोनल परिवर्तनका कारण डन्डिफोर आउन सक्छ । साथै रुखो छालाको समस्या पनि देखापर्छ । यसो भएमा धेरै तेल भएको खानेकुरा सेवन नगरौं । दिनमा दुईतीन पटक अनुहार धुनुपर्छ । यसले अनुहारमा तेलको मात्रा नियन्त्रण हुन्छ, डन्डिफोरको समस्या आउँदैन ।

४. उक्त उमेरमा हर्मोनल परिवर्तन तिब्र रुपमा हुन्छ । यस्तो अवस्थामा मासिक श्रावको तालिका गडबडी समेत हुनसक्छ । यसो भएमा डाइटमा फल र हरियो सब्जीको मात्रा बढाउनुपर्छ । यसले मासिक श्राव नियमित गराउन सहयोग पुग्छ । समस्या लामो समयसम्म रह्यो भने स्त्रीरोग बिशेषज्ञकहाँ जँचाउनु पर्छ ।

Skip This
Logo