काठमाडौँ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार मसान्त सम्म साँढे ४ लाख निजी आवास निर्माण सम्पन्न भइसक्ने जानकारी दिएको छ । "/>

असार सम्म साँढे चार लाख निजी आवास बनाउने लक्ष्य

असार सम्म साँढे चार लाख निजी आवास बनाउने लक्ष्य


काठमाडौँ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार मसान्त सम्म साँढे ४ लाख निजी आवास निर्माण सम्पन्न भइसक्ने जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास निर्माणतर्फ यस वर्षको लक्ष्य पूरा गर्ने प्रतिबद्धता दोहोर्याएको हो ।

‘निजी आवास निर्माणले गति लिएको छ,’ उनले भने, ‘यसअघि देखिएका धेरै समस्या समाधान भई काम अगाडि बढेको छ ।’ २ सय ८० स्थानीय तहमा पुगेर कामदारलाई निजी आवास निर्माण सम्बन्धी तालिम दिइएको, इन्जिनियर तथा प्राविधिकलाई गाउँगाउँ खटाइएको र स्थानीय तहमा रहेको समन्वयको समस्या समाधान भएकाले पुनर्निर्माणको कामले गति लिएको भुसालले जानकारी दिए । प्राधिकरणले निजी आवास निर्माण संतोषजनक रूपमा अगाडि बढेसँगै अबको लक्ष्य काठमाडौं उपत्यका निर्माण हुने बताएको छ । काठमाडौं उपत्यका भित्र बहुस्वामित्व र संयुक्त आवास प्रणाली अवलम्बन गरी पुनर्निर्माणको कामलाई गति दिने निर्णय भएको भुसालले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo