क्यालिफोर्नियामा बस्ने २० बर्षिय लौरेन आजभोलि निकै चर्चामा छिन् । लौरेन यति धेरै सुन्दर छिन् कि उनलाई अहिलेसम्म धेरैले बिवाहका लागि प्रस्ताव समेत गरिसकेका छन् । "/>

किन यी युवतीसँग बिहे गर्न मरिहत्ते गर्छन् युवाहरु ?

किन यी युवतीसँग बिहे गर्न मरिहत्ते गर्छन् युवाहरु ?


क्यालिफोर्नियामा बस्ने २० बर्षिय लौरेन आजभोलि निकै चर्चामा छिन् । लौरेन यति धेरै सुन्दर छिन् कि उनलाई अहिलेसम्म धेरैले बिवाहका लागि प्रस्ताव समेत गरिसकेका छन् ।
तर लौरेनको जीवन सामान्य युवतीको जस्तो छैन । खासमा दुर्घटनामा परेकी उनले एउटा हात गुमाएकी छिन् । यद्यपी उनको आत्माविश्वास एकदमै दरिलो छ । उनी आफ्नो तस्विर सामाजिक संजालमा अपलोड गरिरहेकी हुन्छिन् । साथै अरु अशक्त व्यक्तिहरुलाई उत्प्रेरित गरिरहेकी हुन्छिन् ।

एक बर्षअघिसम्म उनी यस्ती थिइनन् । एकदमै मोटी र भद्दा थिइन् । उनमा जीवन प्रतिको दृष्टिकोण पनि स्पष्ट थिएन । अरुलाई उत्प्रेरणा जगाउने खालको भावना पैदा भएको थिएन ।

तर उनी बाइक दुर्घटनामा परिन । त्यो दुर्घटना एकदमै भयानक थियो । उनी बेहोस भइन् । जब होस खुल्यो, उनको एउटा हात पूर्ण रुपमा काम नलाग्ने भइसकेको थियो ।


अस्पतालमा उपचार गराएर घर फर्कदा उनको एउटा हात थिएन । तर, बाँच्ने सहास थियो ।

साथै उनमा नयाँ जोस र उमंग पनि थियो । उनले बिस्तारै आफुलाई आकर्षक देखाउन थालिन् । साथसाथै सामाजिक संजालमार्फत आफुजस्तो अशक्त अवस्थामा रहेकाहरुलाई निरास नहुन पनि सुझाव दिन थालिन् । अहिले उनी सेलिब्रेटी जस्तै भइसकेकी छिन् ।

Logo