काठमाडौँ,
शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । "/>

शिवरात्रिमा नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

शिवरात्रिमा नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट


काठमाडौँ,
शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष लगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो ।

रिट निवेदनमा भनिएको छ, “शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधान विपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।” निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान हुने जस्ता कुरीतिलाई कानूनी रुपमा बन्देज लगाउनु पर्ने, भाङ, धतुरो खाएर महिला र बालबालिका माथि हुने यस्तो खालको विकृति रोक्न आदेशको माग गरिएको छ ।
रासस

Logo