काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।
सोमबार सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गते सकिनेछ । त्यस्तै कक्षा ११ को परीक्षा वैशाख २९ बाट सञ्चालन हुनेछ ।
जेठ ८ गतेसम्म ११ को परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिका अनुसार पहिलो विषय अनिर्वाय अंग्रेजीको परीक्षा हुनेछ ।
प्रकाशित: १४ माघ २०७५ ११:४२ सोमबार