जनकपुर
प्रदेश नम्बर दुईमा मातृभाषाको बिबाद चर्किएको छ । जनकपुरको जानकी चोकमा स्थानिययुवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रुपमा रहेको हिन्दी भाषामा प्रदेश सभामा बोले पछि आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला दहन गरेको हो । "/>

जनकपुरमा भाषा विवाद, राजपा र फोरमको पुत्ला दहन

जनकपुरमा भाषा विवाद, राजपा र फोरमको पुत्ला दहन


जनकपुर
प्रदेश नम्बर दुईमा मातृभाषाको बिबाद चर्किएको छ । जनकपुरको जानकी चोकमा स्थानिययुवाहरुले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रुपमा रहेको हिन्दी भाषामा प्रदेश सभामा बोले पछि आक्रोशित युवाहरुले राजपा नेपाल र फोरम नेपालको पुत्ला दहन गरेको हो । पुत्ला दहनको क्रममा स्थानिय प्रहरीसँग केही बेर झडपको अवस्था समेत उत्पन्न भएको थियो । झडप पश्चात भेला भएका आक्रोसित युवाहरुले राजपा र फोरमको पुत्ला दहन गरेका हुन् । परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पजियारको अध्यक्षतामा नाराबाजी सहित पुत्ला दहन भएको छ । मातृभाषालाई प्रयोग र बैदेशिक भाषालाई सम्मान गर भन्ने स्थानिय युवाको माग रहेको सुशील कर्णको भनाई छ ।

यसक्रममा युवाहरु मोहन रौनियार, किसन मण्डल, सुमित मिश्र, सुरेन्द्र मण्डल, रबि ठाकुर, सन्जय गुप्ता, मनिष कोइराला, पप्पु यादव, कन्हैया मण्डल, राजु दास, मजिवुल राईन, अविनाश साह, आरएन सिंह लगायतका दर्जनौं युवाको उपस्थितिमा पुत्ला दहन भएको थियो ।
नयाँपत्रिकाबाट

Logo