मनाङ
मनाङमा आज साँझ देखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिट सम्म हिउँ जमेको छ । "/>

मनाङ र हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित

मनाङ र हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित


मनाङ
मनाङमा आज साँझ देखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिट सम्म हिउँ जमेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्याधिक हिमपात भएको र तीव्र गतिमा हावाहुरी चलेको चामेका स्थानीयबासी धावा छिरिङ गुरुङले जानकारी दिए । मनाङ भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक भने हिमपातमा रमाइरहेका छन् ।

गत वर्षको हिउँदयाममा एक पटक मात्र हिमपात भए पनि यस वर्ष भने एकै महिनामा दुई पटक हिमपात भएको छ । गतवर्षको तुलनामा यसवर्ष अत्याधिक चिसो समेत बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धालाई समस्या भएको छ । उता हुम्लामा गएराति १२ बजेदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा साढे १ फिट हिउँ जमेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका अधिकांश गाउँमा तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । 
रासस

Logo