विराटनगर ।

उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेसको संगठनलाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ । "/>

पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्ने: उपप्रधानमन्त्री गच्छदार

पार्टी संगठनलाई क्रियाशील बनाउनुपर्ने: उपप्रधानमन्त्री गच्छदार


विराटनगर ।

उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेसको संगठनलाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित १ नं प्रदेशबाट विजयी जनप्रतिनिधिको स्वागत सम्मान कार्यक्रममा उहाँले संगठन बलियो भएमा कुनै पनि निर्वाचन पराजित नहुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले जनताको स्वतन्त्रता अधिकार प्राप्तिका लागि राणाशासनदेखि नै नेकाले आन्दोलन गरिआएको स्मरण गराउँदै नेपाली जनताको यस पार्टीलाई कसैले पनि समाप्त गर्न नसक्ने बताउनुभयो । 

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले एउटा निर्वाचनमा पराजित हुँदैमा काँग्रेस सकिन्छ भन्ने सोच कसैले राख्न नहुने बताउँदै पार्टीलाई एकढिक्का बनाएर लैजाने महत्वपूर्ण भूमिकामा आफू क्रियाशील हुने जानकारी दिनुभयो । 

उपप्रधानमन्त्री गच्छदारले समानुपातिक निर्वाचनतर्फको मत परिणामले नेपाली काँग्रेसप्रति जनताको विश्वास रहेको छ भन्दै पार्टीभित्रको गुट उपगुटकै कारण काँग्रेसले पराजय भोग्नु परेको बताउनुभयो । 

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसलाई जनाताले प्रतिपक्षमा बस्ने जनादेश दिएको हुनाले राष्ट्र समृद्धि बनाउने कार्यमा लाग्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा शेखर कोइराला, सांसद डा मीनेन्द्र रिजाललगायतले पार्टीलाई संगठित बनाउन एकता आवश्यक रहेकामा जोड दिनुभयो । 

नेपाली काँग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं १ मा नेपाली काँग्रेसका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा विजय भएका प्रमुख, उपप्रमख, अध्यक्ष र उपाध्यक्ष गरी ११७ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस

Logo