काठमाडौं

पछिल्लो ६ महिनामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव लगायतको विदेश भ्रमणमा राज्यकोषको १२ करोड ७५ लाख रुपैयाँ सकिएको छ । "/>

विशिष्ठका विदेश भ्रमणमै सकियो १२ करोड ७५ लाख !

विशिष्ठका विदेश भ्रमणमै सकियो १२ करोड ७५ लाख !


काठमाडौं

पछिल्लो ६ महिनामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव लगायतको विदेश भ्रमणमा राज्यकोषको १२ करोड ७५ लाख रुपैयाँ सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको युएई र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको खर्च पनि यसैमा जोडिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएको खर्च यसमा जोडिएको छैन ।

मन्त्री, सचिव र अन्य कर्मचारीको रोजाइ अमेरिका र दक्षिण कोरिया देखिएको छ । त्यसपछि अस्ट्रेलिया, क्यानडा, स्विट्जरल्यान्ड, जर्मनी, अर्जेन्टिना, श्रीलंका, फिलिपिन्स लगायत देशमा मन्त्री र कर्मचारीहरू पुगेका छन् । एक सचिवका अनुसार विदेशमा मन्त्री र सचिव सहभागी हुन गएका कार्यक्रम मध्ये अधिकांश अधिकृत र उपसचिव तहका कर्मचारीले प्रतिनिधित्व गर्ने कार्यक्रम थिए । मन्त्रिपरिषद्बाटै प्रस्ताव स्वीकृत गराएर उनीहरू विदेश भ्रमणमा गएको देखिएको छ ।
मुख्य खर्चहरु यस्ता :
० राष्ट्रपति विद्यादेवी भण्डारीको युएई भ्रमण खर्च : ७७ लाख ८२ हजार
० प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमण खर्च : चार करोड ५५ लाख ४१ हजार ७५४
० सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतको अर्जेन्टिना र दक्षिण कोरिया भ्रमण खर्च : १९ लाख ४९ हजार
० तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरूको विदेश भ्रमण खर्च : १९ लाख ३४ हजार

नयाँपत्रिकाबाट

Logo