२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

प्रत्येक सातजनामा एकजना नेपालीको मात्रै जीवन बिमा

1
1
1
1
1
1

काठमाडौँ

नेपालमा प्रत्येक सात जनामा एकजनाले मात्रै जीवन बिमा गरेको तथ्यांकले देखाएको छ । बिमा समितिले गरेको पछिल्लो अध्ययन अनुसार आर्थिक वर्ष ०७४/७५ अवधिसम्ममा जीवन बिमा कम्पनीहरूले ४३ लाख ४३ हजार ५ सय ३५ बिमालेख जारी गरेका छन् । यो कुल जनसंख्याको करिब १५ प्रतिशत अर्थात् ( ६ दशमलव ६६ मा एक ) मा एक जना बराबर हो ।

केन्द्रीय तथ्यांक विभागको अनुमान अनुसार गत असार सम्ममा कुल जनसंख्या २ करोड ९२ लाख ९१ हजार ७ सय ४६ छ । कुल जारी बिमालेख मध्ये ५ प्रतिशत दोहोरिएको हुन सक्ने अनुमानका आधारमा बिमा समितिले त्यसलाई घटाएर बिमाको पहुँच सम्बन्धी तथ्यांक निकालेको हो ।

समितिको तथ्यांक अनुसार वैदेशिक रोजगार बिमासमेत जोड्दा गत असार मसान्तसम्म कुल ४९ लाख ९१ हजार ६ सय १९ वटा बिमालेख जारी भएका छन् । यस हिसाबले भने जनसंख्याको १७ प्रतिशतमा बिमाको पहुँच पुगेको छ । त्यसवेलासम्म वैदेशिक रोजगार बिमालेखको संख्या ६ लाख ४८ हजार ८४ छ ।

बिमाको पहुँच आव ०७३/७४ मा ११ प्रतिशत थियो भने आव ०७२/७३ मा १० प्रतिशत रहेको थियो । यो नेपालमा सञ्चालित जीवन बिमा कम्पनीमध्ये १९ वटा जीवन बिमा कम्पनीले जारी गरेका सबै खालका बिमा योजनाको संख्या हो ।
नयाँ पत्रिकाबाट

प्रकाशित: १७ माघ २०७५ ०८:५० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी