अहिले ग्ल्यामर बजारमा पद्मावतको चर्चा छ । भारतमा यही फिल्मले हिंसात्मक गतिविधि बढाइरहेको छ, भने अन्य मुलुकमा यो फिल्मले पैसा छापिरहेको छ । "/>

रणवीरले बताए, पद्मावतको यस्तो अनुभव

रणवीरले बताए, पद्मावतको यस्तो अनुभव


अहिले ग्ल्यामर बजारमा पद्मावतको चर्चा छ । भारतमा यही फिल्मले हिंसात्मक गतिविधि बढाइरहेको छ, भने अन्य मुलुकमा यो फिल्मले पैसा छापिरहेको छ । त्यसो त भारतकै कतिपय मुलुकमा यसको शानदार प्रदर्शन भइरहेको छ ।

फिल्मले चार दिनमा करिब सय करोड भारु कमाई गरिसकेको छ । फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण, शाहिद कपुर मूख्य भूमिकामा छन् । उनीहरुको अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् । अझ रणवीरले गरेको नेगेटिभ रोल त निकै भयानक छ । उनले मुगल शासक अलाउद्दीन खिलजीको भूमिका निभाएका छन् ।

फिल्ममा उनको लुक र भूमिकाको निकै चर्चा भइरहेको छ । उनले यति जीवन्त अभिनय गरेका छन् कि, त्यो सम्झनलायक छ । भनिहालौं रणवीरले यस्तो भूमिका निर्वाह सजिलै भने गरेका थिएनन् । उनलाई निकै गाह्रो भएको थियो ।

कतिपय दृश्य दिनका लागि त उनलाई एकदम समस्या भएको थियो । रणवीरले अन्र्तवार्तामा बताए अनुसार कतिपय दृश्य दिइसकेपछि उनले वान्ता गरेका थिए । छायांकनको क्रममा उनले फिजिकल च्यालेन्जको धेरै सामाना गर्नुपर्यो । फिल्म छायांकन भएदेखि उनी निकै दवावमा थिए ।

शाहिद कपुरसँग युद्ध र खली बली गीतको क्रममा उनले महसुष गरे कि, त्यो उनको लागि निकै कठिनपूर्वक क्षण थियो । त्यसबेला उनले आफ्नो खुट्टा नै नभएको जस्तो अनुभव गरेका थिए ।

सुटिङ गरेको समयमा ४५ डिग्रीको तापमान थियो । फिल्म सिटीमा यति गर्मीमा उनले कति कष्टपूर्वक सुटिङ गरेका थिए भने, उनको शरीरमा १२ किलोको त कस्ट्युम नै थियो । उनको केहि सिन यस्तो थियो, जसमा लगातार दौडनुपथ्र्यो । त्यस सिनमा जब कट भनिन्थ्यो, तव उनको आँखा मधुरो हुन्थ्यो र बेहोस हुन्थे । होसमा आएपछि फेरी पानी पिएर उनी सुटिङ गर्थे ।

Logo