कालिकोट
स्थानीय विकासका लागि अनुदान र अर्काको मुख ताक्नेका लागि उदाहरण बनेको छ, कालिकोटको पलाँता गाउँपालिका । अकासे खेतीको भर, रोजगारीका लागि ६ महिना गाउँ र ६ महिना भारतमा बिताउने स्थानीयवासीका लागि गाउँपालिकाले यस्तो योजना बनायो, जसले गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेर्दैछ । "/>

विकासका लागि प्रेरणा बन्दै कालिकोटको पलाँता गाउँ

विकासका लागि प्रेरणा बन्दै कालिकोटको पलाँता गाउँ


कालिकोट
स्थानीय विकासका लागि अनुदान र अर्काको मुख ताक्नेका लागि उदाहरण बनेको छ, कालिकोटको पलाँता गाउँपालिका । अकासे खेतीको भर, रोजगारीका लागि ६ महिना गाउँ र ६ महिना भारतमा बिताउने स्थानीयवासीका लागि गाउँपालिकाले यस्तो योजना बनायो, जसले गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेर्दैछ । युवाहरूलाई बिदेसिनबाट रोक्न कालिकोटको पलाँता गाउँपालिकाले युवामैत्री नीति तथा कार्यक्रम बनायो । यो योजना अन्तर्गत सय जना युवालाई बेग्लै पोसाक सहित विकास निर्माणमा परिचालन गरिएको छ । गाउँपालिकाले काम गरे बापत उनीहरूलाई मासिक २४ हजार तलब दिइरहेको छ । पुसको तलब समेत उनीहरूले पाइसके ।

गाउँपालिकाको विकासका लागि सय जनाको युवा दैनिक आठ घण्टा काम गर्छन् । विकास कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने कार्यतालिका बनेको छ । गाउँपालिकाको पहलमा सुरु गरिएको यो अभियानमा गाउँपालिका भित्र सञ्चालन हुने विकासका काममा युवाको समूहले आफैं काम गर्छन् । बलिया युवाहरूको समूह बनाएर विकासे कामलाई तीव्रता दिन युवा दस्ता निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम बताउँछन् ।

जिल्लाको बेरोजगारी समस्याको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले युवाहरूलाई रोजगारी दिने पहिलो गाउँसभामै नीतिगत निर्णय गरेको थियो । गाउँपालिकाले आफ्नो नीतिमै रोजगारी खोज्दै युवा भारत खाडी मुलुक जानु पर्ने बाध्यताबाट मुक्त गर्न युवा लक्षित कार्यक्रम ल्याएर रोजगार दिन सुरु गरेको बम बताउँछन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै युवाहरूलाई आफ्नो गाउँ आफैं बनाऔं, युवाहरू विकासमा र युवा स्वरोजगार जस्ता कार्यक्रम सञ्चालन गर्न पलाँता गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरिएका कामको सुरुवात गरेको हो । गाउँपालिकाभित्रका भौतिक पूर्वाधारका काममा युवाहरूलाई संगठित रूपमै लगाउने जिम्मा गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष बम बताउँछन् । पलाँता गाउँपालिकाले भौतिक संरचना निर्माणका लागि युवा कार्यदल तयार गरेको छ । गाउँमा कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्य गर्दै छन् ।
राजधानीबाट

Logo