पर्वत

कामको खोजीमा पर्वत देखि दाङ्गको घोराही पुगेका एक मजदुरलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका छन । "/>

करेण्ट लागेका मजदुरका दुबै हात काट्न पनि पैसा भएन !

करेण्ट लागेका मजदुरका दुबै हात काट्न पनि पैसा भएन !


पर्वत

कामको खोजीमा पर्वत देखि दाङ्गको घोराही पुगेका एक मजदुरलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले घर भएका रामबहादुर बिकलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका हुन । घर निर्माणको क्रममा करेण्ट लागेपछि घाइते भएका ५७ बर्षिय बिकको दुबै हात काट्नु पर्ने भएको छ ।

गाउँघरमा ‘रामुदाई’ भनेर चिनिने बिक डेढ दशक देखि आर्थर काहुलेबाट मजदुरी गर्न पोखरामा झरेका थिए भने दुई बर्ष देखि दाङ्गको घोराहीमा निर्माण मजदुरको रुपमा काम गर्दै आएका थिए । घोराही उपमहानरपालिका –१० नारायणपुरमा स्थानिय गंगा खनालको घर निर्माणका क्रममा गएको पौष २१ गते उनलाई करेण्ट लागेको थियो । घरमा छानो लगाउने क्रममा टिन उचाल्दा बिजुलीको तारमा छोइएपछि बिकलाई हात र खुट्टामा करेण्ट लागेको उनका भाई बुद्धिबहादुर सुनारले जानकारी दिए ।

बिकको एउटा हात काटिएको छ भने अर्को हातको पञ्जा पनि काट्नु पर्ने डाक्टरले बताएका छन । दुबै खुट्टा कामै नलाग्ने गरि जलेका छन । अहिले मृगौलामा पनि गम्भीर असर परेको रिर्पोट देखिएको बुद्धिले जानकारी दिए । मृगौलामा समेत गम्भीर असर भएकाले दुई दिनमा एक पटक डायलसिस गर्न बिर अस्पताल पु¥याउँदै आएका छन । दुबै मृगौलाले समेत काम नगर्ने अवस्था आएको बुद्धिले बताए । अहिले जलेका बिरामीहरुको उपचार हुने किर्तीपुर अस्पताल काठमाण्डौमा बिकको उपचार भैरहेको छ ।

‘काम गरेर खाने मजदुरको दुबै हात काटिएपछि के होला’ बुद्धि सुनार भन्छन ‘उपचारका लागि पनि खर्च अभाबमा अस्पतालमै बस्नु परेको छ भने भबिश्यमा केटाकेटी कसरी पाल्ने भन्ने चिन्ता छ’ । सुनारका ४ छोरा र दुईछोरी छन । जेठा छोराका नाति नातिना पनि जन्मेका छन । ‘अझै अस्पतालमा कति समय बस्नु पर्ने हो थाहा छैन’ भाई बुद्धिले भने ‘उपचारका लागि पनि आर्थिक सहयोगको खाँचो छ’ । नेपाल बिद्युत प्राधिकरणबाट क्षतिपुर्ती नपाए बिकको परिवार भोकभोकै हुनु पर्ने अवस्था समेत आउने उनले जानकारी दिए ।

 

 

Logo