सिन्धुली
बिपी राजमार्गमा दुर्घटना बढेपछि गति सीमित गरि दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेका छन् । "/>

विपी राजमार्गमा टाइम कार्डमा कडार्इ

विपी राजमार्गमा टाइम कार्डमा कडार्इ


सिन्धुली
बिपी राजमार्गमा दुर्घटना बढेपछि गति सीमित गरि दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेका छन् । दैनिक दुर्घटना हुन थालेपछि तीब्र गतिकै कारण दुर्घटना भएको निष्कर्ष सहित प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरि ट्राफिक व्यवस्थापनमा जुटेको हो।

प्रत्येक सवारीले टाइम कार्डमा उल्लेख भए अनुसारको समयलाई मध्यनजर नगर्दा दैनिक दर्जनौ दुर्घट्ना हुने गरेको भन्दै टाइम कार्डको लागु गरिएको हो । बनेपा–सिन्धुली–बर्दिबास सडक खण्ड अन्र्तगत नेपालथोक देखि सिन्धुलीको भिमान सम्म गत बर्षको असार १ गतेबाट लागु हुनेगरी टाइमकार्ड राखिएको भएपनि राजमार्गमा चल्ने सवारीले टाइम कार्डको धन्जी उडाउदै तीब्र गतिमा सवारी चलाउँदा दैनिक दुर्घट्ना बढ्न थालेको थियो ।

विपी राजमार्ग साँघुरो र घुमाउरो छ, त्यसैले विस्तारै सवारी हाक्नुहुन्छ सवारी चालकले भन्ने उदेश्यले टाइम कार्ड लागु गरेका थियौं, तर त्यस्तो हुन सकेन, जिल्ला प्रहरी कार्यालयका डिएपी बिनोद शर्माले भने– ‘चेकपोष्टमा आइपुग्दा कार्डमा उल्लेख भए अनुसारकै टाइममा आउने तर बाटोमा अत्याधिक तिब्र गतिमा गुडाउने र चिया पसल तथा होटलमा रोकेर राखेर पोष्टमा पुग्दा मात्रै नियम पालना गरेको देखाएको पाइयो, त्यसैले कडाइ गरिएको हो ।’ प्रहरीले साना तथा ठुला गाडीलाई विस्तारै चलाउन एक औपचारिक कार्यक्रम मार्फत सचेत गराई त्यसको भोलिपल्टै बाट राजमार्गमा चेकजाँचलाई कडा पारेको हो।
नागरिकबाट

Logo