‘कोहलपुर एक्‍सप्रेस’को ‘सि ओ डब्लु काउ’ गित सार्वजनिक [ भिडियो ]

‘कोहलपुर एक्‍सप्रेस’को ‘सि ओ डब्लु काउ’ गित सार्वजनिक [ भिडियो ]


नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को डान्सिङ नम्बरको गीत सार्वजनिक भएको छ । ‘सिओडब्लु काउ’ नाम दिइएको गीतमा रिमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपाने र केकी अधिकारीले फिचरिङ गरेका छन् ।

कुनै एक व्यक्तिको वैवाहिक माहौलमा छायांकन गरिएको गीत हेर्दा आकर्षक छ । गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई स्वरमा मेलिना राईले साथ दिएकी छन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।
जुनकिरी आर्टस्को प्रस्तुतिमा तयार भएको फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा र कुसाग्र भट्टराईको अभिनय छ । फिल्ममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी र कालिप्रसाद बास्कोटाको संगीत छ ।

विशाल भण्डारीको कथा र निर्देशन रहेको फिल्ममा सान बस्न्यातको पटकथा तथा संवाद, लोकेश बज्राचार्यको सम्पादन र अर्जुन तिवारीको छायांकन छ । फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिवप्रसाद चौलागाईको लगानी छ । फिल्मको रिलिज मिति अझै टुंगो लागिसकेको छैन् ।

Logo