काठमाडौं,६,माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले क्यान्सर लागेका व्यक्तिका लागि जीवनयापनमा ‘सानै भए पनि सहयोग पुगोस्’ भनेर सरकारले माघ देखि मासिक ५ हजार रुपैयाँ प्रदान गर्ने बताएका छन् । "/>

दीर्घरोगीका बिरामीलाई माघ देखि नै मासिक पाँचहजार

दीर्घरोगीका बिरामीलाई माघ देखि नै मासिक पाँचहजार


काठमाडौं,६,माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले क्यान्सर लागेका व्यक्तिका लागि जीवनयापनमा ‘सानै भए पनि सहयोग पुगोस्’ भनेर सरकारले माघ देखि मासिक ५ हजार रुपैयाँ प्रदान गर्ने बताएका छन् । ‘विकासशील देशमा क्यान्सर रोग नियन्त्रणको चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले क्यान्सर रोगीलाई मात्रै नभई मिर्गौला फेल र मेरुदण्डका कारण पक्षघात भएका (स्पाइनल इन्जुरी) लाई मासिक ५ हजार दिने बताएका हुन् । स्वास्थ्य मन्त्रालय, क्यान्सर रोगको अन्तर्राष्ट्रिय संस्था युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी), क्यान्सर काउन्सिल अस्ट्रेलिया (सीसीए)को सहयोगमा नेपाल अर्बुदरोग निवारण संस्थाले सम्मेलन गरेको हो ।

तीन दिन चल्ने सम्मेलनक्रममा प्रधानमन्त्री देउवाले अस्वस्थकर खानपान र बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय नेपालमा पनि क्यान्सर रोगीको संख्या बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । क्यान्सर उपचारमा मात्रै नभई रोकथामका लागि सम्बन्धित संस्थालाई सक्रिय रहन उनले आग्रह समेत गरे । स्वास्थ्यमन्त्री दीपक बोहोराले क्यान्सरको मुख्य कारकका रूपमा रहेको धूमपान उपभोग रोक्न थप कर लगाउने कार्यमा सरकार लागिपरेकाले आवश्यक छलफल भइरहेको जानकारी दिए । पूर्वस्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले नेपाल जस्तो मुलुकमा सर्ने भन्दा नसर्ने रोग चुनौतीको विषय बन्दै गएको उल्लेख गरे ।
राजधानीबाट

Logo