काठमाडौं,६,माघ
सरकारले शक्तिको दुरुपयोग गर्दै आफू विरुद्ध प्रतिशोध साधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । "/>

सिलवालको आक्रोसपूर्ण अभिव्यक्ति ट्वीटरबाट सार्वजनिक

सिलवालको आक्रोसपूर्ण अभिव्यक्ति ट्वीटरबाट सार्वजनिक


काठमाडौं,६,माघ
सरकारले शक्तिको दुरुपयोग गर्दै आफू विरुद्ध प्रतिशोध साधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले टुइट् गर्दै त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक गरेको देखिन्छ ।

प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा पूर्व डीआईजी नवराज सिलवाललाई महानगरीय प्रहरी परिसरले खोजतलासको लागि पत्र काटेको छ । सिलवाललाई खोजतलास गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको भएपनि सिलवाल कहाँ छन् हाल सम्म पत्ता लागेको छैन ।
हिमालय टाइम्स

Skip This
Logo