दाङ ,६,माघ
प्रदेश नम्बर ५ को राजधानी दाङलाई नबनाएको विरोधमा प्रधानमन्त्री सहित जिल्लाबाट निर्वाचित प्रभावशाली नेताहरुको शुक्रवार पुत्ला दहन गरिएको छ । "/>

दाङमा देउवा, महरा र पोखरेलको पुत्ला जलाइयो

दाङमा देउवा, महरा र पोखरेलको पुत्ला जलाइयो


दाङ ,६,माघ
प्रदेश नम्बर ५ को राजधानी दाङलाई नबनाएको विरोधमा प्रधानमन्त्री सहित जिल्लाबाट निर्वाचित प्रभावशाली नेताहरुको शुक्रवार पुत्ला दहन गरिएको छ । आमहड्तालको चौथो दिन सम्म पनि जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु सडकमा आएर दंगालीलाई साथ नदिएको भन्दै माओवादी केन्द्रका नेता एवं दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश २ मा निर्वाचित शंकर पोख्रेलको पुत्ला दहन गरिएको छ ।

त्यसैगरी दाङलाई राजधानी बनाउने कुरामा धोका दिएको भन्दै आन्दोलकारीहरुले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको पुत्ला दहन गरेका छन् । घोराहीमा प्रधानमन्त्री देउवासँगै महरा र पोख्रेलको पुत्ला दहन गरियो भने तुलसीपुर उपमहानगरपालिकाको डुरुवामा पोखरेलको पुत्ला दहन गरिएको थियो । प्राविधिक टोलीले दाङलाई राजधानी बनाउन उपयुक्त भनेर तयार पारेको प्रतिवेदन दिएको तथा हरेक दृष्टिले दाङ राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि सरकारले एकलौटी रुपमा रुपन्देहीलाई बनाएको भन्दै दंगालीहरु आक्रोशित छन् ।
अन्नपूर्णबाट

Logo