काठमाडौं,६,माघ
नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ पछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ। "/>

प्रदेशसभा सदस्यको शपथ आइतबार

प्रदेशसभा सदस्यको शपथ आइतबार


काठमाडौं,६,माघ
नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ पछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ। सम्भवतः आइतवार नै प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखबाट शपथ लिने बताईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराए लगत्तै निर्वाचन आयोगले उनीहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सहितको प्रतिवेदन बुझाएको छ।

प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सहितको प्रतिवेदन बुझाइ सकेपछि आयोगले उक्त प्रतिवेदन हिजै राजपत्रमा प्रकाशन गर्न पठाएको छ । प्रतिवेदन बुझे लगत्तै तत्तत् प्रदेशका प्रमुखहरु आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका छन्।

आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ। त्यस मिति अगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नु पर्ने कानूनी बाध्यता छ । प्रदेशसभा पहिलो बैठक बसेको २० दिन भित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ ।
नागरिकबाट

Logo