पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमा आज एक स्टाटस लेख्दै उनले आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।

‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको कोभिड–१९ स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।’ उनले लेखेका छन् ‘यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनु हुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु होला ।’

उनले आफू आजैदेखि होम–आईसोलेशनमा बसेको जानकारी दिएका छन् ।

आदरणीय सबैमा नमस्कार :
कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु होला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।

Logo