काठमाडौँ,३०,पुस
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । "/>

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजाली कतारबाट पक्राउ

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजाली कतारबाट पक्राउ


काठमाडौँ,३०,पुस
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । तिवारी हत्यामा हातहतियार व्यवस्थापन लगायत कार्यमा संलग्न सिंजाली घटना लगत्तै कतार फरार भएका थिए। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) कतारको सहयोगमा नेपाल ल्याई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए।

उनका अनुसार तिवारी हत्यामा संलग्न सिंजाली खोजतलासका क्रममा कतारमा भेटिएपछि नेपाल प्रहरीले इन्टरपोल कतारलाई फिर्ता पठाईदिन आग्रह गरेको थियो । उनलाई शनिबारै अदालतमा उपस्थित गराइएको छ र आवश्यक कारवाहीका लागि आइतबार ईलाका प्रहरी कार्यालय बुटवलमा पठाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। तिवारीको एक वर्षअघि रुपन्देहीको देवदहमा गोली हानी हत्या गरिएको थियो।
नागरिकबाट

Logo