एमाले – माओवादी ‘इन्ट्रेष्ट’ बाझिदै

एमाले – माओवादी ‘इन्ट्रेष्ट’ बाझिदै


नेकपा (एमाले) र माओवादी केन्द्रले पार्टी एकता र सरकार गठनका सम्बन्धमा फरक मत देखाएका छन् । माओवादी केन्द्र पार्टी एकता र सरकार गठन सँग–सँगै लैजाने पक्षमा छ भने एमाले नेताहरु पहिला पार्टी एकता गरेर अगाडि बढ्ने पक्षमा देखिएका छन् ।

निर्वाचनअघि पार्टी एकताको लक्ष्यसहित वाम गठबन्धन बनाएर चुनावमा होमिएका पार्टीहरुको फरक–फरक भनाईले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठन कहिले बन्ने भन्ने ठोस निर्णय हुन सकेको छैन । दुवै पार्टीले सत्ताभित्रको महत्वपूर्ण पद ‘बार्गेनिङ’ गर्न सरकार पहिला कि पार्टी एकता पहिला ? भन्ने विषयलाई महत्व दिएका छन् ।

निर्वाचन आयोग र सरकारको ढिला सुस्तीले गर्दा पनि वाम गठबन्धनलाई यो विषयमा बहस गर्न समय मिलेको छ । सरकार गठन प्रकृया लम्बिएसंगै नेताहरुलाई अलमल गर्ने र यो विषयमा घनिभुत छलफल गर्ने समय मिलेको हो ।

माओबादी केन्द्रको गत पौष ३ गते बसेको बैठकले सरकार गठनभन्दा पार्टी एकतालाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढने निर्णय गरेको थियो भने एमालेले यस बिषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तथापी एमाले नेताहरुको सरकार गठनमा बढी ध्यान गएको देखिन्छ ।

एमालेको मनसाय
पार्टी एकता र सरकार गठनको विषयमा एमाले नेताहरु पहिला सरकार गठन होस् भन्ने चाहान्छन् । तर, निर्वाचन आयोगले प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक गर्न ढिला गरेपछि सरकार गठन प्रकृया लम्बिन पुगेको छ । यही कारण पार्टी एकता र सरकार गठन सँग–सँगै भन्ने माओवादी केन्द्रको प्रस्तावमा नै एमाले जानु पर्ने अवस्था सृजना हुँदै गएको छ ।

राष्ट्रपतिले राजनीतिक दलहरुलाई सरकार गठन गर्नका लागी राजनीतिक सहमती वा दुईतिहाई मत देखाउन समय दिएकै वेला सम्पन्न पार्टी समायोजन समितिको बैठकले के कस्ता निर्णय गर्यो, सार्वजनिक भएको छैन । तर माओवादी केन्द्रले पुरानो अडान छोडेको छैन भने एमाले पनि पहिला सरकार भनेर पार्टी एकतालाई ‘डिले’ नै गर्ने सोचमा छ ।

मओवादीलाई वाध्यतामा
पार्टी एकता र सरकार गठनको प्रकृया संग–संगै लाजानु पर्नेमा माओवादी नेताहरु एक मत जस्तै देखिएका छन । दुई पार्टीमा आफ्नो पार्टीको कम संसद रहेको र जनमतका आधारमा एमाले भन्दा सानो रहेका कारण माओवादी सबै सहमती ‘प्याकेज’मा गर्ने पक्षमा रहेको दखिन्छ ।

सरकारको नेतृत्व करिव–करिव एमालेकै पोल्टामा जाने भए पछि आफुहरुले पार्टी अध्यक्ष पाउने आशामा रहेको माओवादी त्यो नपाए पनि सरकार र पार्टी एकता सँगै गरेर आफ्नो नेताहरुको उचित ब्यवस्थापन गर्ने दाउमा रहेको देखिन्छ । प्रधानमन्त्रीमा केपी ओली र पार्टी नेतृत्वमा ओली र प्रचण्ड सह–अध्यक्षको रुपमा सहमति भयो भने कसैले अचम्म नमाने हुन्छ ।

अव के हुन्छ ?
गत असोज १७ गते घोषणा गरिएको सहमतिपत्रमा समितिले ‘पार्टी एकता र संगठनात्मक एकताको बिस्तृत खाका र कार्ययोजना’ तयार पार्ने कार्यमा दुई पक्षीय बैठक बसि रहेकोछ । कात्तिक १५ यता नेताहरूबीच औपचारिक बैठक बस्न सकेको थिएन । तर अव चाडैं कार्यदल बनाएर एकतालाई द्रुत गति दिने कुरामा दुवै पार्टीका अध्यक्षले निर्देशन दिएको स्रोतको दावी रहेको छ । एमाले अध्यक्ष केपी ओली उपचारकोलागी थाइल्याण्ड गएपनि उनी नफर्किउञ्जेलसम्मको लागी नेताहरुलाई ‘होमवर्क’ दिइसकिएको बुझिएको छ ।

Logo