सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु


सल्यान ।

सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खा ओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भीमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । उनका अनुसार गाडीमा सवार अन्य पाँच जना भने सकुशल छन् ।

बेलुका अन्दाजी पौने ६ बजे जीप दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गोरखापत्रबाट

Logo