काठमाडौं,२६,पुस
निर्वाचन आयोगले ०७४ माघ २४ गते बुधबार सात वटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । "/>

राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र


काठमाडौं,२६,पुस
निर्वाचन आयोगले ०७४ माघ २४ गते बुधबार सात वटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । निर्वाचन आयुक्त र्इश्वरीप्रसाद पौड्यालले निर्वाचनका लागि नियमावली, निर्देशिका निर्माण गर्ने, जनशक्तिको व्यवस्थापन लगायत कार्यको तयारीमा तदारुकताका साथ आयोग जुटेको बताए । उनले राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम पनि आयोगले एक/दुई दिन भित्रै सार्वजनिक गर्ने बताए ।

सातवटै प्रदेशमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्नु पर्ने भएकाले आयोगले न्याय परिषद्सँगको परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढाएको जनाएको छ । आयोगमा नेपाली काँग्रेस, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नौलो जनवादी पार्टीले निवेदन दर्ता गराएका छन् । प्रवक्ता ढकालका अनुसार पुस २८ गते सम्म दल दर्ताको समय तोकिएको छ । हरेक निर्वाचनमा दल दर्ता गर्नु पर्ने प्रावधान रहेको छ । प्रदेशसभा र स्थानीय तहको एक स्थान पनि नजितेका दलले पनि दल दर्ता गराएका छन् ।   गोरखापत्रबाट

Logo