काठमाडौं,२६,पुस
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदै छन् । "/>

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै


काठमाडौं,२६,पुस
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदै छन् । ओली बुधबार मध्याह्न साँढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार अध्यक्ष ओलीले बैंकक स्थित वुङरुगाड अस्पतालमा उपचार गराउन जान लागेका हुन् ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत जाँदै छन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् । निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनु पर्दछ भनी चिकित्सकको सुझाव अनुसार उनी बैंकक जान लागेका हुन् । निर्वाचन अघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारण उनी जान सकेका थिएनन् । स्वास्थ्य परीक्षण गराई ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी दिए।
रासस

Logo