छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन, ५० एम्पुल लुपिजेसिक र २ हजार ४ सय ट्याब्लेट नाइट्राजेपाम सहित महोत्तरी गौशाला नगरपालिका-२ फुलचोक घर भएका १९ वर्षीय भरत बिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै भक्तपुरकाे चाँगुनारायण नगरपालिका-४ दुवाकोट वेसीबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने सिरहा घर भएका ३२ वर्षीय प्रमोद राय समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका-१ स्थितबाट १ सय १ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-९ लुभु बस्ने २२ वर्षीया बिनिस्था धामी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यता बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टमा जाँच गर्ने क्रममा ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय राजेश साहुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीस्थित रहिमा मःम सेन्टरबाट ६ ग्राम १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २१ वर्षीय अबुबकल मनिहार र नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने २२ वर्षीय रफिक साई रहेका छन् ।

साथै धादिङकाे गजुरी गाउँपालिका-२ डुँडेठाँटी बस्ने २७ वर्षीय गणेश रोक्का भन्ने तोक बहादुर सार्कीलाई करिब १ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

Logo