धनकुटा, २०,पुस

प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै हिजो देखि यहाँ पनि स्थानीयवासीले आमहडताल शुरु गरेका छन् । "/>

राजधानी माग गर्दै धनकुटामा पनि आमहडताल

राजधानी माग गर्दै धनकुटामा पनि आमहडताल


धनकुटा, २०,पुस

प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै हिजो देखि यहाँ पनि स्थानीयवासीले आमहडताल शुरु गरेका छन् । हडतालका कारण धनकुटा सदरमुकाममा बिहान देखि बजार बन्द रहेको थियो । धरान–धनकुटा–कोशी राजमार्गमा सवारी साधन गुड्न सकेनन्। कोशी राजमार्गको धरान–धनकुटा खण्ड भएर पहाडी जिल्लातर्फ सञ्चालन हुने सवारी साधन नगुडेर धनकुटा सहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको थियो ।

बन्दकर्ताले राजमार्गको धनकुटा खण्डमा टायर बालेर सवारी साधन रोकेपछि धरानबाट विभिन्न जिल्लातर्फ जान हिँडेका सयौँ सवारी साधन धनकुटा पात्लेखोलामा रोकिएपछि यात्रुहरु अलपत्र भएका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, विद्यालयका गाडीका साथै दूध र तरकारी बोकेको गाडी चलेका छन् । पर्याप्त भौतिक पूर्वाधार र जग्गा भएकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकाम समेत रहेकाले धनकुटालाई राजधानी बनाउनु पर्ने उनीहरुको माग छ ।
रासस

Logo