काठमाडौं,१८,पुस
विवेकशील साझा पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई सहजरुपमा सत्ता हस्तान्तरण गर्न माग गरेको छ । "/>

जनादेश मानेर सत्ता छाडिदिनूस :विवेकशील साझा

जनादेश मानेर सत्ता छाडिदिनूस :विवेकशील साझा


काठमाडौं,१८,पुस
विवेकशील साझा पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई सहजरुपमा सत्ता हस्तान्तरण गर्न माग गरेको छ । विवेकशील साझाले नयाँ सरकारको गठनको लागि अनुकुल बातावरण सिर्जना गर्न र सहज सत्ता हस्तान्तरणको सुनिश्चिता माग गरेको छ । विवेकशीलका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा सत्ता हस्तान्तरण गर्ने वातावरण तयार गर्नको साटो मन्त्रिपरिषदले कर्मचारी, सरुवा, बढु्वा र नियुक्त गर्ने लगायतका दुरगामी महत्वमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

‘यस्तो वातावरण तयार गर्न प्रयास गर्नुको साटो मन्त्रिपरिषद्ले दुरगामी महत्वका निर्णयहरु गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिँदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

आमनिर्वाचन सकिएर नतिजा आइसकेको अवस्थामा जनादेशको कदर गर्दै पुरानो सरकार जाने र नयाँ सरकार गठन हुने प्रक्रिया लोकतन्त्रको आधारभूत अभ्यास भएको हुँदा त्यसको सम्मान गर्न ध्यानाकर्षण गराएको छ । कानूनी छिद्र खोजेर वा कानूनकै अपब्याख्या गर्दै विलम्ब गर्न खोज्ने कार्यलाई जायज मान्न नसकिने विवेकशीलले धारणा रहेको छ ।
अन्नपूर्णबाट

Logo