अत्याधिक यौन उत्तेजनालाई नियन्त्रण गर्न नसक्दा

अत्याधिक यौन उत्तेजनालाई नियन्त्रण गर्न नसक्दा


ताईपेई, १६ पुस । ताइवानमा एउटा अनौठो घटना घटेको छ । त्यहाँका एक व्यक्ति यस्तो हालतमा अस्पताल पुगेका छन् कि उनको अवस्था देखेर सबै अचम्मित भएका छन् । उनीमाथी जे भएको हो, त्यो देखेर चिकित्सक समेत छक्क परेका थिए ।

‘द सन’ पत्रिकाको रिपोर्ट अनुसार ताइवानका ति व्यक्ति आफ्नी श्रीमतीसँग् शारीरिक सम्बन्ध कायम गरिरहेका थिए । उनको श्रीमती अत्याधिक यौन उत्तेजनामा आइन् । पत्नीले उनको अण्डकोष नै टोकिदिइन् । त्यही कारण उनको दाँया अण्डकोष बाहिर निस्कियो ।

स्थानिय समयअनुसार रातको दुई बजे नाजुक हालतमा उनलाई अस्पताल लगिएको थियो । ५१ बर्षका वाङ नाम गरेका ति व्यक्ति कार रिपेयर्स सपमा काम गर्छन् । उनकी पत्नी सायका अनुसार उनीहरुले धेरै बर्षअघि विहे गरेका थिए । उनीहरुको दुई बच्चा पनि छन् । यौन सम्पर्कको क्रममा त्यस्तो घटना घटेपछि उनीहरुले आफैं एम्बुलेन्सलाई खबर गरे । अहिले वाङको उपचार स्थानिय अस्पतालमा भैरहेको छ । एजेन्सी

Skip This
Logo