काठमाडौँ
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको आज ३ वर्ष पुगेको छ । ०७२ माघ २६ गते उनको निधन भएको थियो । तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएको हो । आज उनको सम्झनामा नेपाली काँग्रेसले विविध कार्यक्रम गरि मनाउने भएको बताइएको छ ।
सुशील कोइराला फाउण्डेशनद्वारा एक लाख सहयोग
यसै विच सुशील कोइराला मेमोरियल फाउण्डेशनले चितवनको देवघाटधामस्थित महेश सन्यास आश्रम र महेश संस्कृत गुरुकुलमा अध्ययनरत वटुकका लागि एक लाख नगद सहयोग गर्ने भएको छ ।
नेपाली काङ्ग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा गठित फाउण्डेशनले सो निर्णय गरेको फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले बताउनुभयो ।
विसं २०७३ मा स्थापित फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खेलकूद, कला, संस्कृति, मानवाधिकार, महिला तथा बालबालिका लगायत समाजिक लोककल्याणकारी क्षेत्रमा थिङ्क ट्याङ्कका रुपमा कार्य गर्दै आएको जनाएको छ । काङ्ग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।
प्रकाशित: २६ माघ २०७५ ०६:३३ शनिबार