सल्यान,१६, पुस

कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ । महिलालाई गर्भवती हुँदा पोषणा तथा आहारका लागि सुत्केरी भत्ता दिइए जस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता दिन थालिएको हो । "/>

पशुलाई पनि सुत्केरी भत्ता दिइयो !

पशुलाई पनि सुत्केरी भत्ता दिइयो !


सल्यान,१६, पुस

कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ । महिलालाई गर्भवती हुँदा पोषणा तथा आहारका लागि सुत्केरी भत्ता दिइए जस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता दिन थालिएको हो । सल्यानका पाँच जना किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै पशुको स्यारसुसार र आहारका लागि भन्दै भत्ता दिइएको हो । पशु सेवा कार्यालय सल्यानले जिल्लाका ५ किसानलाई २ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन बापत रकम वितरण गरिएको हो ।

प्रोत्साहन रकम पाउने किसानहरूमा शारदा नगरपालिका–२ का गोकर्णप्रसाद उपाध्याय, ३ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशम प्रकाश शर्मा र ४ का नारायण गौतम छन् । नगरका प्रमुख सुरेश अधिकारीले किसानहरूलाई आफ्नो कार्यकक्षमा नै रकम वितरण गरेका हुन् । रकम वितरणसँगै बोल्दै अधिकारीले अब अन्य किसानलाई उनीहरूका घरमा नै पुगेर समाजमा जानकारी गराउने गरी कार्यक्रम राखेर वितरण गर्न पशु विकास हेर्ने सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।
राजधानीबाट

Logo