काठमाडौं,१६, पुस
प्रदेश सांसद छनोटमा आफ्ना मान्छे मात्र पारेको भन्दै नेकपा माओवादी केन्द्र प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज झक्कु सुवेदीलाई सिन्धुपाल्चोकका माओवादी नेताले कुटपिट गरेका छन् । "/>

हितमान शाक्य र झक्कु सुवेदीले कुटाई खाए !

हितमान शाक्य र झक्कु सुवेदीले कुटाई खाए !


काठमाडौं,१६, पुस
प्रदेश सांसद छनोटमा आफ्ना मान्छे मात्र पारेको भन्दै नेकपा माओवादी केन्द्र प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज झक्कु सुवेदीलाई सिन्धुपाल्चोकका माओवादी नेताले कुटपिट गरेका छन् । माओवादी सिन्धुपाल्चोकका नेता झम्क पराजुलीले शाक्य र पराजुलीले समानुपातिकमा आफन्तलाई राखेको भन्दै शुक्रबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कुटपिट गरेका हुन् ।

सिन्धुपाल्चोकबाट प्रदेशसभामा सिफारिस भएका झम्क पराजुली र अमृता नेपाल मध्ये एक जनालाई सांसद बनाउने माओवादी नेताहरूले आश्वासन दिएका थिए । तर अन्तिम समयमा नाम काटिएपछि आक्रोशित पराजुलीले दुवैलाई केन्द्रीय कार्यालयमा नै कुटेका थिए । पराजुलीले हातपात गर्दा शाक्यले बोकेको झोला चुँडिएको छ भने मोबाइल समेत फुटेको छ । कुटपिटमा उत्रिए लगत्तै कार्यालयमा रहेका कार्यकर्ताहरूले हस्तक्षेप गरेपछि अवस्था सामान्य भएको थियो । ‘हामी दुई मध्ये एक जनाको नाम हाल्ने सहमति भएको थियो तर अन्तिममा काटेपछि आक्रोशित भएर दाइले हातपात गर्नु भएछ,’ माओवादी सिन्धुपाल्चोककी नेता अमृता नेपालले भनिन् ।
राजधानीबाट

Skip This
Logo