बत्तीसपुतली दुर्घटनामा कलाकार विना थापाको मृत्यु

बत्तीसपुतली दुर्घटनामा कलाकार विना थापाको मृत्यु


काठमाडौं, १२ पुस ।

बुधबार राजधानीको बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको छ ।

बत्तीसपुतलीमा बा२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केहि दिन पहिले गुल्मेली कलाकार उनले फेसबुकमा यस्तो लेखेकी थिइन् –

जिन्दगी के रहिछ तरु मानवीय घमण्ड आखिर किन रु यस्तै कुराले मलाई पिरोल्छ धेरैजसो पशुपतीनाथ को दर्शन अनि त्यहाँ को माहोल मा टोलाइरहन मन लाग्छ । त्यहाँ को गतिविधि हेर्नको लागि म प्राय पशुपति जाने गर्छु आफुलाइ फ्रेस बनाउन र केही बुझन, त्यहाँ बस्दा समय बितेको पत्तो पाउदैन म लाग्छ। मृत्यु भयानक छ तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्यु ले कहिले धोका दिदैन । जन्म देखि संगै बस्ने र जादा संगै लिएर जाने मृत्यु रहेछ । मृत्यु को आफ्नै लय हुन्छ जिबनको लय भन्दा फरक छ। मृत्यु सधै दुस्खदायी हुन्छ तर दुस्खको कारण मृत्यु होइन त्यो प्रेम हो ।।।

Logo