काठमाडौं,१२,पुस
सुनसरी ३ मा पुनःमतगणना गर्नु पर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । "/>

सुनसरी ३ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

सुनसरी ३ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा


काठमाडौं,१२,पुस
सुनसरी ३ मा पुनःमतगणना गर्नु पर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचार संहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दामा गरेकी छिन् ।

चौधरीले मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टी सहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ । त्यस्तै पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको सो मुद्दामा उल्लेख छ । सुनसरी ३ बाट गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका थिए भने चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन् ।
रासस

Logo