काठमाडौं, ११, पुस
प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म लाग्ने साँखु माधव नारायण शालिनदी मेलाको तयारी शुरु भएको छ । "/>

साँखुमा शालिनदी मेलाको तयारी शुरु

साँखुमा शालिनदी मेलाको तयारी शुरु


काठमाडौं, ११, पुस
प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म लाग्ने साँखु माधव नारायण शालिनदी मेलाको तयारी शुरु भएको छ । यस वर्ष मेला पुस १८ गते देखि मेला शुरु भई माघ १७ गते सकिनेछ । मेला अवधिभर साँखुमा लाखौँ भक्तजनको भीड लाग्छ । साँखु बजारलाई पुरानो एवं ऐतिहासिक धरोहरका रुपमा लिइन्छ । नेपाल तिब्बतको व्यापार हुने समयमा साँखु प्रमुख मार्ग थियो । माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले मेला व्यवस्थापनको तयारी स्वरुप साँखुका आठ वटै टोलमा भेला गरी टोल समूह गठन गरेको छ । संघसंस्था एवं महिला समूहको छुट्टै समिति गठन गरेर तयारी शुरु गरिएको समितिका अध्यक्ष राजभाइ श्रेष्ठले बताए ।

“यहाँ क्रियाशील नेपाल स्काउट, नेपाल प्रहरी, साँखु बस व्यवसायी संघ लगायत संघसंस्थाले मेला व्यवस्थापनमा सहयोग गर्ने जिम्मा लिएका छन् । इलाका प्रशासन कार्यालय र शंखरापुर नगरपालिकासँग पनि समन्वय गरेर मेलाको तयारी शुरु गरेका छौँ”, उनले भने । यस वर्ष शालिनदी तटमा घाट सुधारका थप योजना कार्यान्वयन भएको समितिले जनाएको छ । सरसफाइ गरेर ४० वर्षपछि शालिनदी घाटमा सातवटा खुड्किला, ब्रह्मनाल र वासुकी नाग समेत पूरै देखिएको छ ।

समितिले मेला व्यवस्थापनको तयारी गरि रहँदा विगत वर्षमा भएका कमी–कमजोरी सच्याउने प्रतिबद्धता जनाएको छ । मेलामा आउने भक्तजन एवम् व्रतालुको सेवा सुविधामा कमी आउन नदिने समितिका अध्यक्ष श्रेष्ठले बताए । यस वर्ष शालिनदी तटमा रहेको सार्वजनिक जग्गाको सीमांकन गरेर १० रोपनी १३ आना जग्गा निकालिएको छ । यस ठाउँमा आगामी वर्ष थप भौतिक निर्माणका काम गर्न सजिलो हुने उनले बताए । शालिनदी तटमा वर्षभरि नै पर्यटक आउने गरी आकर्षण केन्द्र बनाउने योजना अन्तर्गत झरना र नारायण भगवानको शिरमा पानीको फोहरा झर्ने गरी फाउन्टेन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
रासस

Skip This
Logo