1

0 Shares

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

1
1
1

चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो ।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन् । टेलिकमको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्तादेखि नमस्ते फोनको नेटवर्क नभएको त्यहाँका बासिन्दाले बताए ।

यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटर्वक नभएको भीमप्रसाद न्यौपानेले जानकारी दिए । दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको टेलिकमको टावरमा चट्याङ परेकाले फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरत खड्काले बताए ।

अवरुद्ध फोन र इन्टरनेट सेवा आज अपरान्हसम्म सञ्चालनमा ल्याइने उनको भनाइ छ । सिगास मेलौली लगायत ठाउँमा भने हिमपातका कारण फोनसेवा अवरुद्ध भएको बताइएको छ ।

प्रकाशित: २७ माघ २०७५ १३:०६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी