पोखरा, १०,पुस

पोखरा–लेखनाथ महानगरपालिका–१९, पुरुञ्चौरस्थित पात्लेखेतको सडकमा हिजो दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । "/>

टिपरको ठक्करबाट किशोरको मृत्यु

टिपरको ठक्करबाट किशोरको मृत्यु


पोखरा, १०,पुस

पोखरा–लेखनाथ महानगरपालिका–१९, पुरुञ्चौरस्थित पात्लेखेतको सडकमा हिजो दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पात्लेखेतबाट पोखरातर्फ आउँदै गरेको ग ७ प ७९७५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ९००५ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने पुरुञ्चौर–१९ का १३ वर्षीय सविन बाँस्तोलाको मुत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बाँस्तोलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँस्तोला भारती भवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।
रासस

Logo