काठमाडौं उपत्यका आज १ हजार ३३८ जना संक्रमित थपिए

काठमाडौं उपत्यका आज १ हजार ३३८ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यका आज १ हजार ३३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ६९ हजार ४७९ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ३५३ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ८५० जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८५ हजार ६८२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । आज २ हजार ९०९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । आज निको हुनेको संख्या ४ हजार ५०० छ ।

आजको पिसिआर परीक्षण १० हजार १५३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख १७ हजार ३४३ रहेको छ । आज ३४ हजार ९०५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo