नयाँदिल्ली, ८, पुस
भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो । "/>

भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

भारतमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो


नयाँदिल्ली, ८, पुस
भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ । राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो । तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर तीन मिटर माथीबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

बसमा ५० जना यात्रु रहेका थिए । उनीहरु मध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था बढी चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको कारणका बारेमा अहिले सम्म स्पष्ट भइ नसकेपनि अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुर देखि १६० किलोमिटर टाढा पर्दछ । भारत विश्वको तुलनामा नै धेरै सडक दुर्घटना हुने देशको रुपमा पर्दछ । सडक दुर्घटना कै कारण भारतमा हरेक वर्ष झण्डै एक लाख ५० हजार जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । सडकको नाजुक अवस्था, राम्रोसँग मर्मत नगरिएका सवारी साधान, चालकको लापर्वाही र ट्राफिक नियमको उलङ्घन लगायतका कारणले धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।
एएफपी

Logo