काठमाडौं,८,पुस
प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । "/>

प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्यो

प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्यो


काठमाडौं,८,पुस
प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमाले भन्दा ३ सिटले मात्रै पछि परेको छ । उसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ । निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ दलले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरेको हो । मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न चुनावको समानुपातिकतर्फ सातै प्रदेशमा दलले प्राप्त गरेका सिट संख्या आयोगले सार्वजनिक गरेको छ ।

प्रदेश १ मा ३६, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४ प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५ प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २ सय २० सिट बाँडफाँट गरिएको हो । बाँडफाँट गरिएको सिटअ नुसार एमालले ७५, कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले तीन÷तीन सिट पाएका छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश ४ मा १ र प्रदेश ५ मा १ सिट हात पारेको छ । नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक/एक सिट पाएका छन् ।
अन्नपूर्णबाट

Logo