सुत्केरी हुनेलाई १० हजार !

सुत्केरी हुनेलाई १० हजार !


बेनी, ७ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । 

अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । 

अध्यक्ष पुनका अनुसार गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको आपत्कालीन कोष स्थापना गरिएको छ । गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको पुनले बताए । 

जलविद्युत् र पर्यटनमा जिल्लामै अब्बल मानिएको गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ । रासस

Logo