काठमाडौँ,७,पुस

नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । "/>

काँग्रेसका युवा नेताहरुले गगन थापालाई अघि सार्ने संकेत

काँग्रेसका युवा नेताहरुले गगन थापालाई अघि सार्ने संकेत


काठमाडौँ,७,पुस

नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बसेको युवा नेताहरुको बैठकले केन्द्रीय कार्य समिति हुँदै महाधिवेशन बोलाउनु पर्ने सम्म माग गरेको छ । केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराल लगायत नेताहरु सहभागी थिए ।

नेता भण्डारीले पार्टीमा आमुल सुधारका लागि विचार सहितको कार्यक्रम लिएर युवाहरु अघि बढ्ने उद्देश्य सहित छलफल थालिएको बताएका छन् । बैठकमा युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउनु पर्ने माग गरिएको छ । केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल सुधार हुने विश्वास व्यक्त गरे । थापाले भने यसबारे बैठकमा कुनै प्रतिक्रिया दिएनन् । उनले समयमै पार्टीमा आमूल सुधार गर्न नसके संगठनका लागि अझै ठूलो क्षति हुने बताए ।

Logo