काठमाडौं । हास्यकलाकार तथा चर्चित निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्का विराटनगर महानगरपालिकाको सद्भावना दुत बनेका छन् ।
विराटनगरमा आयोजित एक कार्यक्रमबाट महानगरका मेयर भीम पराजुलीले दुवै जनालाई सद्भावना दूतमा नियुक्त गरेका हुन् । विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा मेयर पराजुलीले दुवै जनालाई सद्भावना दुत नियुक्त गरेका हुन् । उनीहरु दुवै जना विराटनगरबासी नै हुन् ।
राष्ट्रीय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका छन् । विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हास्यकलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा चिनिएकी छन् ।
कलाकारको सम्मान र विराटनगरको बिकासकालागि सद्भावना दुत नियुक्त गरिएको मेयर पराजुलीको भनाई छ । सद्भावना दुत नियुक्त भएपछि निर्देशक निरौलाले आफूमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिईन् । आफुले महानगरको विकासको लागि सबै सकारात्मक भएर अघि बढ्ने उनको भनाई छ ।
प्रकाशित: २८ माघ २०७५ १९:०१ सोमबार