काठमाडौं, २८, मंशिर
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका १६३ पूर्वसांसद मध्ये ९७ जनाले यो चुनावमा हार बेहोरेका छन् । "/>

चुनावमा होमिएका ९७ पूर्वसांसद पराजित

चुनावमा होमिएका ९७ पूर्वसांसद पराजित


काठमाडौं, २८, मंशिर
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका १६३ पूर्वसांसद मध्ये ९७ जनाले यो चुनावमा हार बेहोरेका छन् । चुनावमा पराजित हुनेमा अधिकांश नेपाली काँंग्रेसका पूर्वसांसद छन् ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का भने थोरै मात्र सांसद पराजित भएका छन् । संविधान निर्माणपछि संविधान कार्यान्वयन र आर्थिक विकासका ‘एजेन्डा’ बोकेर जनताको घर दैलोमा पुगेका थोरै मात्र सांसद परीक्षणमा सफल भए ।

मुख्यमन्त्रीको दाबी सहित प्रदेशसभा रोजेका धेरै पूर्वसांसदले जित हासिल गरेका छन् । स्याङ्जामा प्रदेशतर्फ उम्मेदवारी दिएका काँग्रेसका कमलप्रसाद पङ्गेनी भने पराजित भएका छन् । अन्य क्षेत्रमा प्रदेशसभामा उम्मेदवारी दिएका अधिकांश सांसद विजयी भएका छन् । निर्वाचनमा होमिएका सांसद मध्ये केही बहालवाला मन्त्री समेत थिए । बहालवाला मन्त्री समेत रहेका पूर्वसांसद मोहनबहादुर बस्नेत, यज्ञबहादुर थापा, उदयशमशेर राणा, नरबहादुर चन्द, अम्बिका बस्नेत लगायत पराजित भए । यस्तै सिरहाबाट अजयशङ्कर नायक, नुवाकोटबाट अर्जुननरसिंह केसी र रामशरण महत पराजित भए ।

यस्तै पर्वतबाट तीनपटक सम्म लगातार जितेका अर्जुन जोशी पनि पराजित भए । पर्साबाट अनिल रुगटा, भक्तपुरबाट अनुराधा थापामगर पनि पराजित भए । अमरसिंह पुन, अमृतकुमार अर्याल, अशोककुमार राई पनि पराजित कै सुचिमा अटाए । आनन्दप्रसाद ढुङ्गाना, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, उमेशकुमार यादव, ऋषिकेश पोखरेल, कमल थापा, किरण यादव, केशव थापा, कृष्णप्रसाद सिटौला पनि पराजित नै भए । सिटौला झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । यस्तै बहालवाला मन्त्री गोपाल दहित पनि बर्दियाबाट पराजित भए ।
गोरखापत्रबाट

Logo