महासचिव पोखरेल विजयी

महासचिव पोखरेल विजयी


काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् । 

विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत प्राप्त गरे । त्यस क्षेत्रमा ४५ हजार ९१२ मत खसेको थियो । 

Logo