डिजे ब्याटलमा भारतको गोवा जाइन्टस पहिलो (भिडियो सहित)

डिजे ब्याटलमा भारतको गोवा जाइन्टस पहिलो (भिडियो सहित)


काठमाडौं, १८ मंसिर । नेपाल र भारतका डिजेवीच भएको प्रतिस्पर्धामा भारतको गोवा जाइन्टसका डिजे साज अख्तर बिजयी भएका छन् ।

‘बेटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवा’ मा नेपाल र भारतका डिजेवीच दरवारमार्ग स्थित क्लब डेजावुमा सम्पन्न भएको थियो ।

यो प्रतिस्पर्धामा नेपालका पाँच र भारतका पाँच डिजेहरुलाई सहभागिता गराईएको थियो । उक्त प्रतिस्पर्धामा नेपालका तर्फ बाट डिजे डेभिल, डिजे सुबास, डिजे जे वाव, डिजे ट्रिकस्टर र डिजे ताएसी सहभागी थिए भने भारतको तर्फ बाट डिजे प्रितेश, डिजे अक्षित, डिजे डेभिड, डिजे ब्रेन वास र डिजे साज अख्तर सहभागी भएका थिए ।

दुवै पक्षको प्रस्तुती जोडदार भएपनि प्रतिस्पर्धामा भारतको ‘गोवा जाइन्टसका’ डिजे साज अख्तर बिजयी भएका थिए । बिजताले ३ लाख २५ हजार रुपैंया साथै एशियन बिस्ट मोटरसाइकल प्राप्त गरे । ‘बेटल अफ डिजे’को दोस्रो एपिसोड थाइल्यान्डको बैंककमा हुने आयोजकले बताएकाछन् । कार्यक्रममा भारतीय अभिनेता नील नितिन मुकेश मूख्य अतिथिको रुपमा रहेका थिए ।

Logo